Websoft University

आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ।


काठमाडौ साउन १६ गते सोमवार । रातो तारा डट कम,  आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ।


पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानी घर भएका हाल उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरी डिएसपी सुन्दर तिवारीले बताए ।

पहीरोले पुरीएर सुनारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परी सुनारकी दिदी २७ वर्षीय सुनिता सुनार घाइते छिन् । उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको डिएसपी तिवारीले बताए । पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.