Websoft University

मोरङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजतान्त्र पार्टीमा प्रवेश गर्नेको भिड बढ्दो

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका र बुढिगंगा गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गर्नेको सङ्ख्या बढ्दो छ। बिहीवार आयोजित राप्रपा सुन्दरहरैँचा नगर कार्यसमिति  नगर भेला तथा पार्टी प्रवेश कार्यक्रम तथा बुढीगंगा गाउँपालिका वडा -६ कोयलपुरमा आयोजित जिल्ला कार्यसमितिको आयोजनामा  काङ्ग्रेस, एमाले र माओवादी पार्टी पारीत्याग गरी राप्रपा पार्टी प्रवेश गर्नेको लहर सयौको संख्यामाबढेकोहो ।


त्यसैगरि सुन्दरहरैंचामा साबिकको पार्टी परित्याग गरी ५०६ जना र बुढीगंगा गाउँपालिबाट ४८५ जना राप्रपामा प्रवेश गरेको राप्रपा मोरंग  जिल्ला प्रबक्ता  कृष्ण कुमार घिमिरे क्षेत्रीले जानकारी दिए।  पार्टी प्रवेश कार्यक्रममा अधिकांश नेपाली कांग्रेसका कार्यकर्ता रहेका छन्।नब प्रवेशी कार्यकर्ताका अनुसार कांग्रेसको आन्तरीक किचलो र गुटउपगुटका कारण राप्रपा प्रवेश गर्नेको लर्को बढेको हो ।सुन्दरहरैँचाबाट जयप्रसाद सिटौला र रमेश रिजालको संयोजक्त्वमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका छन । त्यसै गरि बुढीगंगामा समेत कांग्रेसबाट असन्तुष्ट भएका हरिनारायण चौधरी र कांग्रेसका मोरंग जिल्ला सदस्य रहेकी आशा माझी लगायतले प्रवेश गरेका छन।  नवप्रवेशीहरुलाई राप्रपा राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अबिर लगाएर स्वागत गरेका छन ।


सुन्दरहरैंचा र बुढीगंगामा भएको छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  राप्रपाका राष्ट्रिय अध्यक्ष लिंङ्देनले ३० बर्षदेखी एमाले , कांग्रेस , नेकपा माओवादीको कब्जामा रहेको हाल सम्म जनताले के पायो। लाखौं जनताको श्रम खाडी मुलुकमा बेचिएर नेताहरु भष्ट्रचारमा मात्र लिप्त भएको आरोप लगाए।


अध्यक्ष लिङ्देनले काङ्ग्रेस एमाले र माओवादीलाई भोट दिनु भनेको देश बिगार्नु हो भन्ने अभिव्यक्ति  दिएका छन । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अन्य पार्टीलाई भोट् दिनु भनेको देश बिगार्न  तर्फ जनता आँफै लागेको बताएका हुन्।

उनले देश अहिले कठिन र कमजोर अवस्थामा रहेको कारण एक पटक जनताले भोट हाल्ने बेलामा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन । नेपालका नागरिकलाई विदेशमा काम गर्न कसले वाध्य बनायो ? ३२ वर्षमा किन नेपाल बिकास हुन सकेन ? हिजो राजाको पालामा स्थापना भएको उधोग आज किन बन्द भए ? जस्ता प्रश्न लिङ्देनले गरेका थिए ।उनले नेपालमा भ्रष्टचार बढेको भन्दै एक पल्ट राप्रपालाई भोट दिन अनुरोध गरे । उनले राप्रपाबाट धोका नहुने समेत बताए छन्। नवप्रवेशी काङ्ग्रेसहरुले काङ्ग्रेसमा गुट उपगुट भएकै कारण आफुहरु अन्य तिर जानु परेको र कांग्रेस विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.