Websoft University

भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिको अध्यक्षमा रमानाथ भट्टराई!


शिव भट्टराई, मोरङ  असार ३२,शनिबार स्वास्थ्य मापदण्ड अपनाउँदै विराटनगरमा सम्पन्न तेस्रो महानगर अधिवेशनको नयाँ कार्यसमिति चयन गर्ने क्रममा रमानाथ भट्टराईको अध्यक्षमा २७ सदस्यीय महानगर कार्यसमिति निर्वाचित गरिएको थियो। अधिवेशनले उपाध्यक्षमा राजन भट्टराई, तेज बहादुर भट्टराई,सम्भु प्रसाद भट्टराई, पार्वता घिमिरे भट्टराई, सचिवमा परासर भट्टराई, सहसचिवमा गणेश भट्टराई र सरिता भट्टराई त्यसैगरी कोषाध्यक्षमा भवानी संकर भट्टराईलाई सर्वसम्मत निर्वाचित गरिएको थियो।

यसैगरि तेस्रो जिल्ला अधिवेशनको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान वार्ड नं १ वडा समितिलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा निवर्तमान उपाध्यक्ष ज्ञानु भट्टराई, निवर्तमान सचिव मनोहर घरेलु भट्टराईलाई सम्मान पत्रका साथ विदाई कार्यक्रम गरिएको थियो।

महानगर अधिवेशनको उद्घाटनको क्रममा प्रमुख अतिथि भट्टराई कुल वंश प्रतिष्ठान बिराटनगरका वंश नं २२ का अग्रज व्यक्तित्व हरी प्रसाद भट्टराई त्यसैगरी कार्यक्रममा सहभागी अतिथि केन्द्रीय सदस्य मनोहर घरेलु भट्टराई,भट्टराई कुल वंश प्रतिष्ठान प्रदेश नं १ का कोषाध्यक्ष शिव भट्टराई भोजपूरे, प्रदेश सदस्य दीपक भट्टराई, ज्ञानु भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठान मोरङ्ग जिल्ला सचिव दुष्यन्त भट्टराई, लगायतले सम्पूर्ण भट्टराई बन्धुहरुलाई एक जुट भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिँदै यस संस्थाले समाजमा सामाजिक कार्यहरुमा पनि अघि बढ्दै जाओस् भन्दै नयाँ चयन भएका कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने उक्त कार्यक्रम भट्टराई कुल वंश प्रतिष्ठान महानगर समिति विराटनगरका सचिव पराशर भट्टराईले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.