Websoft University

नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ


उदयपुर, २०७९ साउन १ गते । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का  २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.