Websoft University

अबैध समान बरामद


झापा, २०७९ साउन १ गते । रातो तारा डट कम,झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी साँढे ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी  र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद  गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.