Websoft University

समयसीमाभित्र निर्माण सम्पन्न नगर्नेको भुक्तानी रोक्ने मेयर कोइरालाको चेतावनी


विराटनगर। रातो तारपा डट कम,टक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको छ । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा सोमबार विराटनगरमा निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरिएको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले लापरबाही गर्दा विभिन्न निर्माणका योजनाले गति लिन सकेको छैन । अनुगमनका प्रमुख कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, योजना महाशाखाका प्रमुख गोपाल पोखरेल, इन्जिनियर अर्जुन बस्नेतसहितको टोलीले अनुगमन गरेको हो । टोलीले विराटनगर महानगर परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको संरचनाको अनुगमन गरेको थियो । ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति बढ्दै गएका कारण अनुगमन गरिएको प्रमुख कोइरालाले बताए । उनले अब महानगरले दिएको समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदारको भुक्तानीसमेत रोक्ने चेतावनी दिए । “ठेक्का लिने तर तोकिएको समयमा काम नसक्ने प्रवृत्ति छ हाम्रोमा,” कोइरालाले भने, “विगतमा के भयो के भएन अब त्यतातिर नजाऔं, तर अब तोकिएको समयमा निर्माण सम्पन्न हुनुपर्छ । यदि भएन भने महानगरले कडाइका साथ भुक्तानी रोक्छ ।” 

उनले महानगरको तर्फबाट कमीकमजोरी भए ठेकेदारलाई भन्न आग्रह गरे । उनले भने, “महानगरका तर्फबाट केही कमीकमजोरी छन् भन्ने भन्नुहोस् नत्र भने अब ठेक्का लिने अनि काम चाहिं नगर्ने परम्परा तोडिने छ ।” अनुगमनका क्रममा मेयर कोइरालाले सबै वीरेन्द्र सभागृहको संरचनालाई अपांगमैत्री बनाउन निर्देशनसमेत दिए । उनले अपांग मात्रै नभएर दृष्टिविहीनहरूका लागि पनि छुट्टै व्यवस्था गर्न आग्रह गरे । 

उपमेयर कार्कीले वीरेन्द्र सभा गृह ६ महिनाभित्र निर्माण सम्पन्न हुने बताइन् । उनले हिमालय रोडको संरचना भने ८० प्रतिशत सम्पन्न भएको जानकारी दिइन् । “आजको अनुगमनबाट धेरै कुराको जानकारी भएको छ,” उपमेयर कार्कीले भनिन्, “आज मात्रै होइन निर्माण भइरहेका संरचनाको निरन्तर रुपमा अनुगमन गर्छौं । हाम्रो अनुगमनलाई बेवास्ता गरेर निर्माणलाई तीव्रता दिएन भने कानुनअनुसार कारबाही पनि गर्छौं ।” 

महानगरपालिकाको निर्माणाधीन भवनबाट सुरु टोलीले वीरेन्द्र सभागृह, हिमालय रोडको संरचनाको विस्तृतमा अनुगमन गरेको थियो । सो क्रममा प्राविधिकहरूले निर्माणको अवस्थाका बारेमा टोलीलाई जानकारी गराएका थिए । २१ करोड लागतमा पुननिर्माण भइरहेको वीरेन्द्र सभागृह पूर्ण रुपमा अपांगमैत्री हुनेछ । भीआइपी कक्ष, आराम कक्ष, मञ्च, पोशाक परिवर्तन गर्ने कोठा, सुविधा सम्पन्न शौचालय, पार्किङलगायतको सुविधा हुनेछ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा १ वर्ष पूरा भइसकेको र अब ६ महिनाभित्र सबै काम सम्पन्न गर्ने महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । अनुगमनका क्रममा ठेकेदारलाई कति समयभित्र निर्माण सम्पन्न गर्ने भनेर प्रतिबद्धतासमेत जनाउन लगाइएको थियो । सो क्रममा ठेकेदार कम्पन्नीका प्रतिनिधिहरूले महानगरको भवन दसैं अगाडि, वीरेन्द्र सभागृह फागुनभित्र र हिमालय रोडको संरचना केही महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धताजनाएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.