Websoft University

प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न


विराटनगर । रातो तारा डट कम, प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले प्रदेश सभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन(दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको मन्त्री कार्कीले बताउनुभयो । कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना स्वीकृति र अस्पताल भवन निर्माण पूर्व अनुमती सम्बन्धी कार्यविधि, २०७९ को स्वीकृति सम्बन्धमा निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.