Websoft University

महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन


बिराटनगर असार २० गते । रातो तारा डट कम, मोरङका जिल्ला न्यायाशीध भरत लम्सालले विराटनगर महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् ।

महानगरमै आएर न्यायाधीश लम्सालले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने गरेका छन । संविधानले नै व्यवस्था गरेको छ ।

अनुगमका क्रममा उनले महानगरको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लम्सालले न्यायिक समिति मिनी अदालत नै भएकाले निषपक्ष रुपमा कार्यसम्पादन गर्न आग्रहसमेत गरे ।

सो क्रममा न्यायाधीश लम्सालसहितको टोलीलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए ।

न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा मुद्दा दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत शारदा थपलियाले जानकारी दिए । न्यायिक समितिमा परेका मुद्दामध्ये जग्गा, श्रीमान्–श्रीमतीबीचको विवाद, गालीबेइज्जती, फोहोरमैला सम्बन्धित बढी रहेको न्यायिक समितिका सल्लाहकार परमेश्वर नेपालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.