Websoft University

 


श्याम राई, उदयपुर   गाईघाट, । परराष्ट्र मंत्री डा.नारायण खड्काले कोशी कटान रोक्नको लागि भारतीय दुतावास मार्फत भारतसँग कुरा अघि बढेको बताएकाछन् ।

अविरल वर्षाको कारण आएको बाढीले सप्तकोशीको पश्चिमतर्फ उदयपुर क्षेत्रमा तिब्र रुपमा कटान गर्न थालेपछि सिंचाई विभागका प्राविधिक सहित कोशी कटान क्षेत्रको निरिक्षण गर्न आईपुगेका मंत्री खड्काले सरकारले कटान नियन्त्रणको लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्ने बताएकाछन् । मंत्री खड्काले आईतबार बेलका नगरपालिका वडा न. ८ स्थित कोशीले बढी कटान गरेको क्षेत्रमा पुगेर स्थानीय बासिन्दालाई तत्काल सुरक्षित रहन समेत आग्रह गरेका थिए ।

अहिले बाढी र वर्षाको कारण सामान्य रुपमा रोकथाम गर्न वाहेक अरु केही गर्न सकिन्न, त्यसैले संभावित खतराबाट बच्नको लागि सुरक्षित रुपमा बस्नुको अर्को विकल्प छैन ।’ स्थानीय बासिन्दाहरुसँग उनले भने ।

सप्तकोशी पूर्व भङगालो छाडेर पश्चिमतर्फ बग्न थालेपछि उदयपुरतर्फ तिब्र कटानले कोशी बस्तिमा पस्ने खतरा बढेपछि प्रहरी र स्थानीय बासिन्दा व्यापक मात्रामा परिचालन भएकाछन् । उनीहरुले बेलका नगरपालिकाको सहयोगमा रोकथामको लागि तारजाली र बासको घेरा लगाई तटबन्ध गरिरहेको मेयर असोक कार्कीले बताए ।

बेलकाको वडा ३ स्थित चिलिया टापु, श्रीलंका टापु, सिसैली, रामनगर, बोची, भागलपुर लगायतका गाउँ बस्ति कोशी कटानबाट डुवानमा पर्ने र एक हजार ३ सय घर परिवार पूर्व रुपमा विस्थापित बन्ने मेयर कार्कीले बताए ।

राष्ट्रिय विप्द प्राधिकरणबाट २० लाख रुपैया कोशी कटान नियन्त्रणको लागि उपलब्ध गराउने निर्णयभएको उनले बताए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादबको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले बेलका नगरपालिका वडा न. २, ३, ८ र ९ मा तिब्र कटान हुन थालेपछि आसपासको बस्तीमा बाढी पस्ने संभावना बढेको भन्दै तटिय क्षेत्रका बासिन्दाको सुरक्षाको निम्ती सेना र प्रहरीलाई तैनाथ राख्ने निर्णय गरिएको कार्कीले बताए ।





 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.