Websoft University

स्कुल वस हस्तान्तरण


गाईघाट । रातो तारा डट कम,परराष्ट्रमंत्री डा नारायण खड्काले सवैको सामुहिक प्रयास वाट मात्र विकास निर्माणको काम संभव हुने वताएका छन् । उनले काममा जसअपजस लिने भन्दा पनि सबैको प्रयास वाट कसरी कामले सार्थकता पाउछ भन्नेमा लाग्नु पर्ने वताएका छन् । भारतीय दुतावास मार्फत त्रियुगा नगरपालिका स्थित त्रियुगा माध्यमिक विध्यालय लाई भारत सरकारले उपलब्ध गराएको एक थान स्कुल वस हस्तान्तरण कार्यक्रममा मंगलवार बोल्दै मंत्री खड्काले शिक्षा स्वास्थ्य र पुर्वाधार निर्माणमा भारतले उदयपुरमा धेरै  सहयोग गरेर गुण लगाएको वताए । मंत्री खड्काले उदयपुरमा वन्न लागेको त्रियुगा विमान स्थल निर्माणको काम अव चाडै सुरु हुने वताए । वजेट देखी लिएर सवै काम पुरा भैसकेकोले अव केही दिन भित्रैमा विमान स्थल निर्माण क्षेत्रमा रहेको रुख विरुवा कटान गर्ने टेन्डर आब्हान गर्न लागेको उनले वताए । उनले विमान स्थल निर्माणको विषयमा चलेको अनावश्यक हल्लाको पछि नलागी आफ्नो ठाउको आर्थिक विकासको गतीविधि वढाउने काम विमान स्थल निर्माण वाट मात्रै सम्भव रहेकोले चाडो भन्द चाडो विमान स्थल वनाउने तर्फ सबैको प्रयास हुनु पर्ने वताए । त्रियुगा माविको फिल्डमा आयोजीत सो कार्यक्रममा मंत्री खड्काले विध्यालय ब्यवस्थापन समितीका अध्यक्ष विनोद पाण्डे र प्राचार्य सुभास विष्ट लाई गाडीको चावी हस्तानतरण गरेको थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.