Websoft University

विशेषज्ञ सहितको स्वास्थ्यकर्मी परिचालन


 गाईघाट ४ साउन । एक साता भित्र कटारी खसीवासमा अज्ञात रोग वाट ३ जनाको मृत्यु भएपछि कटारी नगरपालिकाले सो क्षेत्रमा मंगलवार विशेषज्ञ सहितको स्वास्थ्यकर्मी परिचालन गरेर स्वास्थ्य शिविरको आयोजना गरेको छ । विरामीमा एक साता भन्दा वढी ज्वरो आउने र रगत वान्ता गरी अन्तमा विरामीको मृत्यु भएपछि कटारी  नगरपालिका वडा न १ खसीवासमा स्वास्थ्य शिविर संचालन गरिएको नगरप्रमुख राजेन्द्र श्रेष्ठले वताए । शिविरमा ६० जना भन्दा वढी विरामीको स्वास्थ्य जाच गरिएको थियो । तर स्वास्थ्य जाचको क्रममा विरामीहरुमा गम्भिर किसीमको कुनै पनि रोग देखीएको छैन । नगर स्वास्थ्य शाखाका प्रमुख पंकज कुशवाहा क्षेत्रीले डेगु ,मलेरिया , कोरोना जस्ता कुनै पनि गम्भिर रोग नदेखिएको वताए । वस्तीमा ज्वरोको प्रकोप रहेपनी उनीहरुमा त्यस्तो गम्भिर प्रकृतीको रोग देखीएना । उनले भने । गर्मि र वर्षा संगै भाईरल ज्वरो वस्तीमा फैलीएको उनले वताए । ज्वरो आएर रगत वान्ता गरी मृत्यु भएको पुष्टी भएपनी कुन रोग लागेर उनीहरुको मृत्यु भएको भन्ने वारे केही नखुलेको  उनले वताए । एक साता अघि ज्वरोको प्रकोप फैलिएको जानकारी पाउन साथ कटारी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट संतोष साह लगायतका स्वास्थ्यकर्मी टोली, ल्याव र औषधि सहित सो क्षेत्रमा पठाईएको नगर प्रमुख श्रेष्ठले वताए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.