Websoft University

निषेधित लागुऔषध सहित ४ जना पक्राउ


बिराटनगर २०७९ साउन ४ गते । रातो तारा डट कम,मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का  रकि धिमाल, उर्लाबारी-२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि  ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।  निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.