Websoft University

२१ औँ वर्षमा साना किसान विकास लघुवित्त, उत्कृष्ट सहकारीहरुलाई सम्मान


 शिव भट्टराई,मोरङ । रातोतारा डट कम,२१ औँ वर्षमा साना किसान विकास लघुवित्त, उत्कृष्ट सहकारीहरुलाई सम्मान गरेको छ।


साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. आज स्थापनाको २१ औँ वर्षमा प्रवेश गरेको छ । सुनसरीको इटहरी स्थित त्रियुगा होटेलमा प्रदेश सहकारी रजिस्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालयका रजिस्ट्रार हरि बहादुर खत्रीको प्रमुख आतिथ्यतामा र साना किसान विकास लघुबित्त बित्तीय संस्था लि. इलाका कार्यलय इटहरीका प्रबन्धक दिपक राज पाण्डेको 


कार्यक्रमको उद्घाटनको क्रममा प्रमुख अतिथी खत्रीले लगुबित्त बित्तिय संस्थाले आफ्ना संस्थाहरुलाई कर्जा प्रवाह मात्र नगरेर रोजगारि सृजना गर्ने, नेतृत्व विकास गर्ने, पिछडिएका बर्गको क्षमता बिकास गर्ने र समाजमा सहकारिताको बिकास गरेको बताउँदै नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। 

संस्थाले बार्षिकाेत्सवको अवसरमा यस लगुबित्त बित्तिय संस्थाको इलाका कार्यलय, इटहरी सङ बित्तिय कारोबार गरिरहेका साना किसान कृषि सहकारी संस्था लि. हरुको स्तरीकरणका सुचकहरुको आधारमा मूल्यांकन गर्दा आर्थिक बर्ष २०७६/७७ मा श्री जीवनज्योती महिला साना किसान कृषि सहकारी संस्था लि. राजघाट मोरङ उत्कृष्ट ठहरिएकोले कदर पत्र प्रदान गरेको छ त्यसैगरी आर्थिक बर्ष २०७७/ ७८ मा श्री सबल साना किसान कृषि सहकारी संस्था लि. चिमडी, सुनसरीलाई  कदर पत्र सहित नगद रु २० हजार प्रदान गरेको छ।

संस्थाले साना किसान, महिला, दलित, निम्न आय बर्ग तथा उद्यमीहरुलाई लक्षित गरी कर्जा सेवाहरु उपलब्ध गराउँदै आएको त्यसैगरी संस्थाले कारोबारहरुलाई बिस्तार गर्दै यसका विभिन्न संघ, साना किसान कृषि सहकारी संस्था, अन्य सहकारी संस्थाहरु र बैंकको बिचमा त्रिपक्षिय ढंगले अगाडि बढीरहेको र प्रगतीउन्मुख भइरहेको अध्यक्ष दिपक राज पाण्डेले जनाएका छन्।

उक्त कार्यक्रममा उपस्थित बिशिष्ठ  अतिथी नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक सदस्य खगेन्द्र राज भण्डारी, नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक सदस्य हरि बहादुर बस्नेत, बिशेष अतिथि जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्य, पुर्व इलाका प्रबन्धक खिलानाथ दाहाल लगायत अन्य विभिन्न सहकारी अभियन्ताहरुले शुभकामना मन्तव्य राखेका थिए भने सो कार्यक्रम संस्थाका बरिष्ठ  सहायक कुमार घिमिरेले संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.