Websoft University

नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको जिल्ला सम्मेलन सम्पन्न


दमक,असार २२गते। रातो तारा डट कम,नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्माले संविधानले ब्यवस्था गरेको समनता,समावेशी सिद्धान्तलाई अब ब्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । 


नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको विर्तामोडमा आज भएको नवौं जिल्ला सम्मेलन घोषणा सभालाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष पौडेलले नेपालको संविधान ०७२ले ब्यवस्था गरेका मुद्धाहरुलाई कागजमा सिमित होइन दलितका पक्षमा कार्यन्वयन गरेर देखाउनु पर्ने बताउनु भएको हो । 


संविधानले ब्यवस्था गरेका कुरा अरुले आएर कार्यन्वयन गरिदिन्छ की भनेर आस गर्ने भन्दा पनि हाम्रा मुद्धा प्रति साथ सहयोग दिनेलाई सगै लिएर दलित एकताबाट वडा ,पालिका ,प्रदेश र संघीय सरकार मार्फत उपलब्धि लिने उहाँले बताउनु भयो ।गत असार १ गते शुरु भएको मुक्ति समाज जिल्ला कमिटी झापाको सम्मेलनले तिलक गजमेरको अध्यक्षतामा सर्वसम्मत ७५ सदस्यीय नयाँ जिल्ला कमिटी चयनपछिको घोषण सभामा नवनिर्वाचित कार्यसमितिलाई वधाई दिदै तपाईहरुको भूमिकाले समाजमा रहेको विभेद अन्त गर्न सके मात्र दलित समुदायले न्याय पाउने अध्यक्ष विश्वकर्माले बताउनु भयो ।

नवौ अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष तथा मुक्ति समाजका केन्द्रीय सचिव सोम पोर्तेलको अध्यक्षतमा भएको घोषण सभाका अतिथि संगठनका महासचिव खेम नेपालीले एकता बद्ध दलित आन्दोलनले मात्र विभेदको पहाड फोर्न सक्ने बताउनु भयो । अधिवेशनमा पद लिन नेताको चापलुसी गर्ने विकृति अन्त नेताबाट हुनु पर्ने बताउदै नेता तेरो मेरो भन्दा पनि सबैको हुनु पर्ने उहाँको भनाइ छ ।  कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले सामन्तवादी सोच रहेको नेपाली समाजको परिवर्तनको लागि जो जहाँ भए पनि सबै मिलेर मुक्ति आन्दोलन सफल पार्नु पर्ने बताउनु भयो ।

 केन्द्रीय सदस्य सावित्रा वर्देवा ,अध्यक्ष मण्डलका सदस्य गोपाल ल्वागुन लगायतले छुवाछुत विरोधी आन्दोलन मुलुकै लागि आवश्यक रहेकोमा जोड दिनु भएको थियो । कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष तिलक गजमेरले हाम्रो कार्यसमितिले दलित समुदायको न्यायको निम्ति बुलन्द आवाज उठाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 

मुक्ति समाज अध्यक्षमा तिलक गजमेर 

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी झापाको नवौ जिल्ला सम्मेलनको घोषण सभाले आज तिलक गजमेरलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेको छ । 

विर्तामोड स्थित नेकपा एमाले पार्टी कार्यालयमा भएको घोषण सभामा अध्यक्ष मण्डलका सदस्य तथा निर्वाचन समिति संयोजक असारु राजवंशीले गजमेरलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन भएको घोषण गर्नु भएको हो । यसै गरी जिल्ला कमिटीको उपाध्यक्षहरुमा द्धय रमेश त्रिखत्री र सुर्य गजमेर ,सचिवमा गोपाल लकान्द्री ,उपसचिवमा विभा पासवान तथा रिता परियार र कोषध्यक्षमा मणी कुमार शंकर सर्वसम्मत चयन भएको संगठनले जनाएको छ । 

काशी खाती विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन गरेको छ । जिल्ला कमिटी सदस्यहरु काजी विश्वकर्मा , चन्द्र गजमेर ,वेल बहादुर गहतराज , जानुका रसाइली ,निकिता राई ,प्रमिला वराइली ,सिताराम ऋषीदेव, शिवशंकर राम ,रविन गन्धर्व ,रेखा मंगराती र इच्छा बहादुर मिजार सहित ७५ सदस्यीय रहेको संगठनको केन्द्रीय सदस्य छवि विश्वकर्माले जानकारी दिनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.