Websoft University

युवाकवि ढकालसहित चारजना सम्मानित


विराटनगर । रातो तारा डट कम,चारु साहित्य प्रतिष्ठानले विराटनगरका युवाकवि प्रमोद ढकालसहितचारजना साहित्यकारलाई सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा युवाकवि ढकालसहित भारतीय साहित्यकार मिलनसिंह मधुर र डा. विजय पण्डित ‘चारु पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार घटश्याम न्यौपाने परिश्रमीलाई ‘बालकृष्ण पोखरेल सम्मान’ प्रदान गरिएको थियो । अग्र्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

परिश्रमीलाई भने भाषाशास्त्री बालकृष्ण पोखरेल समता वाङ्मय प्रतिष्ठानका तर्फबाट सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष देवी पन्थीले जानकारी दिए । त्यसैगरी साहित्यकार पन्थीद्वारा लिखित ‘गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु’ पुस्तकको समेत विमोचनगरिएकोथियो । कार्यक्रममा भरत गुरागाईं, मिलनसिंह मधुर, मधु पोखरेल, भीमसेन लिम्बू, सरिता तुलाधरलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.