Websoft University

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा डा. देव


विराटनगर । रातो तारा डट कम, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा प्राथमिक स्वास्थ्य केन्द्र रानीमा कार्यरत डा. विशालकुमार देव नियुक्त भएका छन् । 

महानगरको स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त बनाउन सम्बन्धित क्षेत्रका विज्ञलाई महाशाखाको जिम्मेवारी दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । महानगरको स्वास्थ्य र शिक्षा महाशाखालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै विशेष गरी महानगरको स्वास्थ्य र शिक्षा चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिंदै आएका थिए । “प्रमुख र उपप्रमुखज्यूबाट माथिल्लो तहको र विज्ञ महाशाखा प्रमुख व्यवस्था गर्न दिएको निर्देशनअनुसार नै डा. देवलाई महाशाखा प्रमुखको जिम्मेवारी दिएका हौं,” प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, “अझ प्रमुखज्यूको त महाशाखा प्रमुख सम्बन्धित क्षेत्रको विज्ञ नै हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण छ ।” 

डा. देव आठौं तहका मेडिकल अधिकृत हुन् । देवले एमडी गरेका छन् । यसअघि छैटौं तहका रमेश कार्कीलाई महाशाखाको जिम्मेवारी दिइएको थियो । आफूभन्दा जुनियर व्यक्तिलाई महाशाखाको जिम्मेवारी दिएकोमा उनीभन्दा सिनियर स्वास्थ्यका कर्मचारीले असन्तुष्टिजनाउँदैआएका थिए । डा. देवले महानगरको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउने बताए । उनले भने, “मैले यसलाई चुनौती र अवसरका रुपमा लिएको छु । मलाई विश्वास गरेर जुन जिम्मेवारी दिइएको छ, यसलाई मेरो क्षमता र योग्यताले भ्याएसम्म पूरा गर्नेछु ।” डा. देवलाई साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य महाशाखाको जिम्मेवारी दिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.