Websoft University

सञ्चार उद्यमी समिर कार्कीले सुरु गरे निःशुल्क आँखा शिविर


मोरङ असार २ गते । रातो तारा डट कम,  सेवाको उत्तम मार्ग सामाजिक कर्म नै हो भनेर चिनेका समिर कार्की अब सामाजिक अभियानमा त्यो पनि स्वास्थ्यको क्षेत्रबाट ग्रामिण, बस्तिहरुमा प्रवेश गरेका छन् ।

विगत १० वर्षदेखि एरिना टेलिभिजन हुँदै विभिन्न व्यवसायलाई सफल बनाउन अहोरात्र खटिरहेका कार्कीले गाउँ गाउँका आँखाका रोगीहरुको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अगाडि बढेका छन् । विभिन्न अस्पतालहरुसँगको समन्वय तथा समझदारीमा कार्कीले नेपाल सरकारको रतन्धो, मोतियाविन्दु निर्मुलीकरणमा गरिएको संकल्प बमोजिम कार्कीले पनि सोही क्षेत्रलाई अंगिकार गरेर सामाजिक क्षेत्रमा हाम फालेको बताउँछन् । 

निःशुल्क आँखा शिविर लिएर गाउँ गाउँसम्म पुगेर आर्थिक पहुँच कम भएका विपन्न परिवार, जेष्ठ नागरिक मात्र होइन आँखाको निःशुल्क उपचार गराउने जोकोही उक्त शिविरबाट लाभान्वित हुने कार्कीले बताए । सो शिविरमा आएका बिरामीको आँखा चेकजाँचदेखि शल्यक्रिया, उपचार प्रक्रिया तथा औषधीदेखि यातायात खर्चसमेत आफैले व्यहोर्ने गरी कार्कीले उक्त अभियान चालेको बताएका छन् ।

त्यसो त कार्की अन्य क्षेत्रमा पनि उत्तिकै सामाजिक अभियानकै रुपमा लाग्दै आएका छन् । रात्रिकालिन क्रिकेट, फुटबल आयोजना गरेर खेलकुदलाई प्रथामिकतामा राखेका कार्कीले कला, संस्कृति, जातजातिलाई उत्तिकै महत्व दिँदै विभिन्न रियालिटी शोहरुको समेत आयोजना गर्दै आएका छन् । पर्यटन क्षेत्रको विकास र विस्तारमा उत्तिकै चासो र चिन्ताका साथ सहभागी हुँदै आएका कार्कीले एरिना यातायात सञ्चालन गरेर बाटोमा आर्थिक अवस्थाबाट पीडित बनेका, अलपत्र परेका व्यक्तिहरुलाई निःशुल्क रुपमा ल्याउने र लाने काम गर्न निदेश गरेका कार्कीले आँखाका रोगीहरुलाई घरघरबाट संकलनदेखि अस्पतालसम्म लाने र ल्याउने काममा पनि सोही सवारी साधन प्रयोग गरेको बताउँछन् ।

कोरोनाले विश्व जर्जर भएको अवस्थामा कार्कीले आफ्नो कार्यक्षेत्रभित्रका कोरोना संक्रमितहरुलाई अटो एम्बुलेन्सको सेवा दिँदै अक्सिजन उपलब्ध गराउँदै खाद्यान्न राहत वितरण समेत गरेका थिए । तिनै कार्की यतिखेर स्वास्थ्यमा विशेष गरेर उज्यालोको मार्गमा अध्यारोमा परिसकेकालाई विश्व देखाउने अभियानमा लागेर निःशुल्क आँखा शिविरको आयोजना गरिरहेका छन् । सो क्रम अझै ४ महिनासम्म चलिरहने कार्कीले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.