Websoft University

चुरे दिवसका अवसरमा कार्यान्वयन इकाई सलकपुरको आयोजनामा २० हजार वृक्षारोपण


मोरङ असार २ गते । रातो तारा डट कम,चुरे दिवसका अवसरमा कार्यान्वयन इकाई सलकपुरको आयोजनामा २० हजार वृक्षारोपण   आठौ चुरे दिवसका अवसरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आज एकै दिन १ लाख बृक्षारोपण गरी मनाइयो ।

उक्त अवसरमा मोरंगको कानेपोखरी गाउँपालिका -७ मा चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने नाराका साथ एक कार्यक्रम गरी कार्यान्वयन इकाई सलकपुरको आयोजनामा २० हजार वृक्षारोपण गरिएको छ। नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ जिल्लामा कुल भूभागको १२ दशमलव ७८ प्रतिशतमा चुरे क्षेत्र फैलिएको छ ।

अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहान, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारणहरुले चुरे क्षेत्र संवेदनशील बन्दै गइरहेको छ ।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखर चन्द्र थापाले कार्यक्रमको उदघाटन गर्दै चुरेको भरणपोषण गर्न सकेमा मात्र पानीको मुहान संरक्षण हुने धारणाव्यक्त गर्नुभयो । चुरेको संरक्षणमा प्रदेस सरकार कत्तिबद्ध भएर लाग्ने  समेत व्यक्त गर्नुभयो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.