Websoft University

पहिरोले घर पुरिँदा सासु तुलसा अधिकारी र बुहारी यशोदाका दुई जनाको मृत्यु


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम, गएराति परेको पानीले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा पहिरोले घर पुरिँदा सासु तुलसा अधिकारी र बुहारी यशोदाका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर वेपत्ता  उनीहरूको पुरिएकै अवस्थामा शव भेटिएको हो । यशोदाका श्रीमान् विष्णुले भने भागेर ज्यान जोगाउनुभएको छ । घाइते विष्णुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटा घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ । पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि क्षति पुगेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.