Websoft University

ग्यास बुलेट र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम, मकवानपुरको हेटौँडामा ग्यास बुलेट र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । हिजो बेलुकी सवा ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेट र ना ६१ प ४५९७ नम्बरको मोटरसाइकल ठोक्किँखा मोटरसाइकलमा सवार हेटौँडा–९ बस्ने ५५ वर्षका ईश्वर तामाङ र उहाँका छोरी अमिनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार यही बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएर आएको थियो । बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.