Websoft University

समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा पहाडी भुभागमा लगाउन मिल्ने उन्नत धानको बीउको बिकास भयो


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम, करिब आठ वर्षको अनुसन्धानपछि धानका दुई नयाँ जात विकास भएको छ । मध्यपहाडी क्षेत्रका किसानले लगाउँदै आएको धानलाइ नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले खुमल १२ र खुमल १४ नामकरण गरी उन्नत जातको धान विकास गरेको जनाएको छ । सरकारले विशेषगरि गण्डकी प्रदेशका जिल्लामा खेती हुँदै आएका धानका ५ रैथाने जात सूचीकृत समेत गरेको छ । एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेंले नामका रैथाने जात समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा लगाउन मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ । नेपालमा १ सय २० भन्दा बढी जातको रैथाने तथा उन्नत जातको धान सूचीकत भएका छन् जसमध्ये ५० भन्दा बढी प्रचलनमा आइसकेको जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.