Websoft University

सुन्दरहरैंचा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

 


मोरङ। रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईँले आज २१ पेज लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सुशासन, सहभागिता, समृद्ध नगर र सुखी नगरवासी नाराका साथ दीर्घकालीन सोच राखी ४ बुँदे रणनीतिका आधारमा नीति तथा कार्यक्रम ल्याइएको गुरागाईँले बताए । ४ वटा संकल्पका साथ आएको नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर र सुखी नगरवासी रहेको बताइएको छ ।


आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका ४ वटा उद्देश्य रहेका र ५ वटा क्षेत्रलाई प्राथमिकता दिई बजेट निर्माण गरिएको उनले जानकारी दिए । नगरपालिकाले स्थानीय सामाजिक विकाससम्बन्धी नीति, आर्थिक विकाससम्बन्धी नीति, पूर्वाधार विकाससम्बन्धी नीति, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति, सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति गरेर ५ वटा मूलभूत नीति तथा कार्यक्रम अघि सारेको छ ।


स्थानीय सामाजिक विकाससम्बन्धी नीतिमा शिक्षासम्बन्धी नीति, स्वास्थ्यसम्बन्धी नीति, खानेपानी तथा सरसफाइसम्बन्धी नीति र युवा तथा खेलकुदसम्बन्धी नीति अघि सारिएको छ ।

आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशु विकास र सिँचाइसम्बन्धी नीति, पर्यटनसम्बन्धी नीति, उद्योग, सहकारी तथा वैदेशिक रोजगारसम्बन्धी नीतिलाई नगरपालिकाले अंगीकार गर्ने भएको छ ।

पूर्वाधार विकाससम्बन्धी नीतिमा भौतिक पूर्वाधार (आवास, भवन, सडक तथा पुल, यातायात) नीति, सञ्चार, विद्यतु तथा ऊर्जा नीति अघि सारिएको छ ।

वातावरण तथा विपत् व्यवस्थापनअन्तर्गत वन, वातावरण, भू संरक्षण, जलवायु परिवर्तन, अनुकूलनसम्बन्धी नीति, विपत् व्यवस्थापनसम्बन्धी नीतिलाई समेटेर कार्यक्रम ल्याउने भएको छ ।सुशासन तथा संस्थागत विकाससम्बन्धी नीतिअन्तर्गत विभिन्न ३२ वटा नीतिका आधारमा कार्यक्रम अघि बढाइने नगरप्रमुख गुरागाईँले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.