Websoft University

एन्फाको २१ औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन– आज शपथ ग्रहण हुने


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नव निर्वाचित कार्यसमितिका पदाधिकारीले आज शपथ ग्रहण गर्न लागेका छन् । एन्फा कार्यालयका अनुसार नव निर्वाचित कार्यसमिति पदाधिकारीको शपथ ग्रहण समारोह सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजे हुनेछ । 

सोमवार भएको २१ औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भएपनि पूर्णता पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ । एन्फाको अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्का विजयी हुनुभएको छ । 

यस्तै उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा, दीर्घ बहादुर केसी, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् । यस्तै सदस्यमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ् थापा निर्वाचित भएका छन् । एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्ने जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.