Websoft University

पत्रकार नवोदितलाई नेवाः देय् दबको सम्मान

 


विराटनगर जेठ २१ गते । रातो तारा डट कम, नेवारी समुदायको साझा संस्था नेवाः देय् दबू मोरङले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित मोरङका स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संस्थाले नेवार समुदायबाट पत्रकारिता सक्रिय रहेबापत नवोदितलाई सम्मान गरेको हो । साहित्य र पत्रकारितामा सक्रिय रहँदै हालै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रेस सल्लाहकारमा नियुक्त भएकोमा बधाईस्वरुप संस्थाले सम्मान गरेको आयोजकको भनाइ छ । नवोदितलाई कार्यक्रमका प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, मोरङ अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले टीका र अविर लगाएर सम्मानपत्र प्रदान गरेका थिए । 

त्यसैगरी सोही अवसरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मोरङका विभिन्न पालिकाबाट निर्वाचित नेवार समुदायका जनप्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो । उनीहरू सबैलाई केन्द्रीय अध्यक्ष बज्राचार्य र मोरङ अध्यक्ष श्रेष्ठले टीका र माला लगाएर सम्मानपत्र प्रदान गरे । समारोहमा नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ, केन्द्रीय अध्यक्ष ब्रजाचार्यसहित केन्द्रीय सदस्य जयकुमार श्रेष्ठ, प्रदेश–१ अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, महासचिव रविन्द्रकृष्ण श्रेष्ठ, मोरङ सचिव धिरोज श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.