Websoft University

विश्व वातावरण दिवशको अवसरमा विभिन्न कार्यक्रम हुने


विराटनगर जेठ २१ गते । रातो तारा डट कम, विश्व वातावरण दिवशको अवसर पारेर विराटनगरको ७ वटा संस्थाहरुको साझेदारीमा आइतबार विराटनगरमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले कार्यक्रमको बारे जानकारी गराएको हो। मानवद्वारा प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिक्रिया स्वरुप हरित गृह ग्यास उत्सर्जन तथा जलवायु प्रदुषणका कारण समग्र विश्वनै जोखिममा रहेकोले मानवजातिको अस्तित्व जोगाउन एसिया भरिका ७ वटा देशमा खनिज ईन्धनको प्रयोग र यसबाट हुने हरित गृह ग्यासको उत्सजनलाई निरुत्साहित गर्ने उदेशले पेडल फोर पिपल एण्ड प्लानेट भन्ने मुल नाराका साथ विश्व वातावरण दिवशको अवसर पारेर विराटनगरका साइक्लिष्ट, जलवायु अभियानता,वातावरण प्रेमी तथा युवा उदमीद्वारा जलवायु परिवर्तनको निम्ति सचेतना जगाउने र साइक्लिष्टका लागि साईकल लेनको आवहान गर्ने कार्यक्रमहरु आयोजना गरेको छ।

दिगो विकास ईन्स्टिच्यु , नायका विराटनगर , एनवाइइएफ विराटनगर च्याप्टर, वन तथा वातावरण मन्त्रालय प्रदेश १ , विराटनगर महानगरपालिका , विराटनगरि र नेपाल बाताबरण समाजको संयुक्त साझेदारीमा भोलि साइक्लिष्ट संगसंगै सरसफाइ , वृक्षरोपण तथा प्यानल छलफल गर्ने नायका विराटनगरका मिडिया कोडिनेटर रितेश रोउनियारले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.