Websoft University

सुन्दरहरैचाका नगरप्रमुखले गरे डेन्टल क्लिनिकको उद्घाटन


शिव भट्टराई,मोरङ जेठ  २१ गते । रातो तारा डट कम,प्रदेश-१ मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं १२ मा  सुन्दरहरैचाका नव निर्वाचित नगरप्रमुख केदार प्रसाद गुरागाईले ग्यालेक्सी डेन्टल क्लिनिकको उद्घाटन गरेका छन्। शनिवार उनले आफ्नो कार्यकाल सुरु भए पछी पहिलो पटक उद्घाटन कार्यक्रममा सहभागी भएका हुन्।


ग्यालेक्सि डेन्टल क्लिनिक उद्घाटन गर्ने क्रममा बोल्दै नगरप्रमुख गुरागाईंले सो डेंटल क्लिनिकको उद्घाटनले अब स्थानियाबासीहरुलाई दाॅत सम्बन्धी सेवा लिन टाढा जानु नपर्ने भएकाले नगरले स्वास्थ्य क्षेत्र सम्बन्धी व्यवसायीहरुलाई सहयोग गर्ने र उनिहरुको लागी अनुकूल वातावरण बनाउन सहयोग गर्ने बताएका छन्।


त्यसैगरी सोहि क्रममा बोल्दै सुन्दर हरैचा वार्ड नं १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकालले क्लिनिक संचालक लाई धन्यवाद सहित शुभकामना व्यक्त गर्दै क्लिनिक संचालन गर्दै गर्दा आगामी दिनहरूमा आवश्यक पर्ने सेवा सुविधा नगरपालिकाको साथै वार्डको तर्फ बाट प्रदान गर्न तयार रहेको बताएका छन्।

ग्यालेक्सी डेन्टल क्लिनिकमा दाॅत खोल्ने, दाॅत लगाउने, सफा गर्ने,सास गन्हाउने, किरा लागेको दाॅतमा सिमेन्ट चादी भर्ने, नमीलेको बांगो टिंगो दाॅत मिलाउने, दाॅतको जरै देखी RCT उपचार गर्ने, दाॅत नभएको ठाॅउमा दात राख्ने, दाॅत एक्सरे गर्ने लगाएत विभिन्न दाॅत सम्बन्धी समस्याको उपचार गरीने क्लिनिकका संचालक पंकज शाहले जानकारी दिएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.