Websoft University

सबैको सहयोगले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउनँछौं’


विराटनगर जेठ २९ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई मुलुकको दोस्रो ठूलो सहरको रुपमा विकसित  गर्ने लक्ष्यका साथ काम गर्ने बताएका छन् । 


एकता समाज विराटनगरले आइतबार आयोजना गरेको महानगर प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरुसँग विकास, शिक्षा र सरसफाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले महानगरको गुमेको शाख पुनः स्थापित गर्नका साथै सफा, सुन्दर र हराभरा, एवं शिक्षित सहर बनाउने उद्देश्यले काम गरिरहेको बताए । “हाम्रो यो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने, “हामी विराटनगर बनाउन आएका हौं, हामी सबैको एउटै उद्देश्य हो विराटनगरलाई महानगरवासीले गर्व गर्न लायक सहर बनाउने ।” 

प्रमुख कोइरालाले जनप्रतिहरुले पार्टीभन्दा माथि उठेर नागरिकको सेवा सुविधा सहजरुपमा उपलब्ध गराउनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उपप्रमुख शिल्पा निराला कार्कीले महिला सशक्तीकरण, महिला स्वरोजगार र  सुरक्षित सहर निर्माण गर्नेतर्फ  ध्यान केन्द्रित रहेको  धारणा राखिन् । 

एकता समाजका अध्यक्ष सञ्जय नेपाल, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र इन्द्र खतिवडाले वडा भित्र रहेको नहरलाई पर्यटकीय स्थलको रुपमा शौन्दर्यकरण गर्न निजी क्षेत्रको सहयोगमा कार्य गर्ने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.