Websoft University

महानगरको कार्यपालिका बैठकमा बजेटका विषयमा छलफल

 


विराटनगर जेठ २९ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । 


कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको उहाँको भनाइ छ । बैठकमा वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो । बैठकमा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोजित रुपमा बजेट वितरण गरिने बताउनुभयो । 

संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै ७५३ वटै पालिकाले आगामी असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्छ । महानगरले बजेट निर्माणलाई तीव्र बनाएको छ । बजेटमा समेट्नुपर्ने विषयमा केन्द्रित भएर महानगरले सरोकारवालाहरूसँग पनि छलफल सञ्चालन गरिरहेको छ । आइतबार नै नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई मेयर कोइरालाले सपथग्रहण गराउनु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.