Websoft University

अहिले सम्म पुल पूर्ननिमार्ण नहुदा सर्वसाधारणलाइ सास्ती


गाईघाट २९ जेष्ठ । रातो तारा डट कम,बाढीले क्षतिग्रस्त बनाएको झण्डै एक बर्ष हुन लाग्दा समेत त्रियुगा नदिको पक्की पुलको मर्मत संभार हुन सकेको छैन । उदयपुरको चौढण्डीगढी नगरपालिका–५ सिवाई र बेल्ही जोड्ने त्रियुगा नदिको पक्कीपुल गत बर्ष असार १९ गते आएको बाढीले क्षती पु¥याउदा निर्माण भैसकेको दूई वटा सल्याव भाचिएकोमा अहिले सम्म भत्किएको  पुल पूर्ननिमार्ण नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । नदिमा आउने बाढीले बर्षादको समयमा दूई गाउको बासिन्दालाई आवत जावतमा निकै कठिन हुने गरेको पूर्व नगरप्रमुख खगेन्द्र राईले बताए र्। क्षतिग्रस्त पुल एक बर्ष देखि बन्न सकेको छैन । हामीले धेरै पटक सम्वन्धित निकायमा कुरा उठाउदा समेत काम हुन सकेन।’उनले भने । पुल नहुदा दूवै गाउका बासिन्दा यतिखेर समस्यामा परेकाछन् । तिन बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने उक्त पुल ठेक्mेदारले लापरवाही गर्दा झण्डै १२ बर्ष पछि गत बर्ष सम्पन्न भएको थियो । डिभिजन सडक कार्यालय लहानले उद्घाटन गराएर पुल संचालन गर्ने तयारी गरीरहेको बेला नदिको बाढीले दूई वटा स्लाव बगाउनुको साथै एउटा पिलर भासीएको थियो । पुलको पिलर भासीएर स्लाव बगाएको घटना पछि सडक विभाग काठमाण्डु बाट प्राविधिक टोली आएर स्थलगत निरिक्षक गरी फर्किएको थियो । टोलीले अहिले सम्म स्लाव  बगाएको र पिलर भासीएको  बारे कुनै प्रतिवेदन सार्वजनिकगरेको छैन । पुल निमार्ण र रेखदेखको जिम्मा अहिले गाईघाट–दिक्तेल सडक आयोजना गाईघाट लाई दिईएको छ । पुलको पूर्ननिर्माणको लागी बजेट आए पनि सडक विभाग बाट अहिले सम्म काम गर्ने निर्देशन  आएको छैन र्। हामीलाई काम गर्ने कुनै निर्देशन आउको छैन । , डिजाईनको खाका नआएकोले काम अघि बढाउन समस्या भएको छ । गाईघाट –दिक्तेल सडक आयोजनाका प्रमुख डिई गोपाल खकुरेलले बताए र्। हामी विभागको निर्देशन पर्खिएर बसेको छौ , अव मंसीर पौष तिर मात्र शुरु होला जस्तो छ ’उनले भने । झण्डै ९ करोड ७६लाख रुपौयाको ठेक्का संझौता भएपनि मूल्य समायोजनको कारण लागत बढेर ११ करोड २७ लाख रुपैया पुल निर्माणमा खर्च भएको डिई खकुरेलले बताए । महालक्ष्मी –लोकप्रिय जेभी कन्ट्रक्सन काठमाण्डौले २०६७ देखि ३ बर्ष भित्र सक्ने गरी निमार्ण कार्य शुरु गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.