Websoft University

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ


झापा, २०७९ असार १२ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका १० दोमुखा स्थितबाट अबैध  लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका ८ ईलामका २५ बर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका ३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई ४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका १० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका ९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिईएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.