Websoft University

लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने

 


विराटनगर, असार १२ । रातो तारा डट कम,प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।

आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताउनुभयो । 

‘प्रदेश सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ । उहाँले भन्नुभयो, आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू सँग समन्वय गरिरहेको छ ।’

खास गरी किशोर किशोरी समूहमा विद्यार्थी लागु औषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री काकीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘एउटा विद्यार्थी घरपरिवार भन्दा बढी साथीसँग नजिक हुन्छ भने, उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्न सक्छ, उहाँले भन्नुभयो, त्यसका लागि मन्त्रालयले चाँडै कल सेन्टरको स्थापना गर्छ, प्रहरीका इकाईहरू छन् त्यहाँ पनि खबर गर्न सक्नुहुने छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

नवज्योति पुनः स्थापना केन्द्रका अध्यक्ष सुशील रिजालले पुनर्स्थापना केन्द्रमा काम गर्नेहरू दिनरात नभनी काम गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा.यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनः स्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.