Websoft University

यस वर्षको एस ई ई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्ति गर्दै एभरेष्ट कलेज विराटनगरले प्रदेशस्तरीय बास्केटबल तथा पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ

स्वतन्त्र पत्रकार तेजेन्द्रबहादुर भण्डारी,
बिराटनगर असार १२ गते । रातो तारा डट कम,विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा एभरेष्ट कलेजको मुख्य प्रायोजन रहने “एभरेष्ट बास्केटबल तथा पोैडी प्रतियोगिता हुने भएको छ। ३×३ प्रोभिन्सियल टुर्नामेण्ट, यहि असार १७ गते आयोजना हुने छ भने पौडी प्रतियोगिता यहि असार २४ गते बाट आयोजना हुने भएको कुरा आज भएको पत्रकार भेटघाटमा बताएको  हो।

बास्केटबल प्रतियोगितामा प्रदेश १ का १२ वटा टिम सहभागी हुने छन्‌ । आजको पत्रकार सम्मेलनसँगै टाईसिट 0 क गरिएको छ । एभरेष्ट कलेजको बास्केटबल कोटमा संचालन हुने प्रतियोगिताको विजयी टिमले नगद रु ५०,००० सहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले रु ३०,००० र तेस्रो हुने टिमले रु २०,००० मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाएको  छ।

त्यस्तै असार २४ गते मोरङ पौडी संघको प्राविधिक संयोजन तथा एभरेष्ट कलेजको आयोजनामा हुने पौडी प्रदेशका विभिन्न विद्यालयहरुको सहभागिता रहने छ । पौडी प्रतियोगिताका प्रथम, दितिय, तृतिय हुने खेलाडीले क्रमश  नगद रु १ ००००, ७००० र ३,०००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्‌ ।      त्यस्तै दुवै प्रतियोगिताका  बिजय  खेलाडीहरुले एभरेष्ट कलेज पढ्न चाहेमा कलेजले छात्रवृति समेत उपलब्ध गराउने उल्लेख गरेको छ। प्रतियोगिता आगामी वर्षहरुमा पनि निरन्तरआयोजना गरिने जनाइएको छ ।

एभरेष्ट कलेज, विराटनगर ५



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.