Websoft University

वीपी आसपासमा रहेका औषधीहरुको दररेटमा एकरुपता बनाउने निर्णय, अव्यवस्थित रुपमा रहेका टेम्पो पनि व्यवस्थापन गरिने


धरान । रातो तारा डट कम,वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासको औषधी व्यावसायीहरुले प्रतिष्ठानमा ईम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका विरामीहरुसँग मनपरी रुपमा शुल्क लिएको गुनाशो आएपछि वडा कार्यालयले निगरानी बढाएको छ । 


शुक्रबार धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविन)को अध्यक्षतामा औषधी व्यावसायीहरुसँग बसेको छलफलले ईम्प्लान्टको दररेट एकरुपता बनाउने निर्णय गरेको छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोमा उपचार गर्न आएका विरामीहरुले गुनासो गरेपछि वडा कार्यालयले यस विषयमा निगरानी बढाएको वडाध्यक्ष राईले बताए । धरानमा ईम्प्लान्ट सम्बन्धि काम गर्ने ४ वटा औषधी व्यवसायी छन् । सुजिता फामेर्सी, शृष्टि फर्मलिन्क, बज्रंग ट्रेड लिंक र अर्थो वर्ड सर्जिकलले ईम्प्लान्ट (प्रत्यारोपण)गर्दा लाग्ने सामग्रीहरुको विक्रि वितरण गर्छन् ।  नेपाल औषधी व्यवसायी संघ धरानका अध्यक्ष मचेन लिम्बुको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन गरिएको वडाध्यक्ष राईले बताए । औषधीहरुको दररेट उपभोक्ताहरुले देखिने राख्न लगाउन पनि आह्वान गरिने वडाध्यक्ष राईले बताए ।

वडाध्यक्ष राईका अनुसार असार ५ गते आईतबार ल्याव सञ्चालकहरुसँग छलफल गरिने छ भने ६ गते सोमबार सम्पुर्ण औषधी व्यवसायीहरुसँग छलफल गरिने छ । साथै, वडाध्यक्ष राईले वीपीको गेट अगाडी रहेको टेम्पो व्यवसायीहरु र घर मालिकहरुसँग छलफल गरी टेम्पो व्यवस्थापन गरिने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.