Websoft University

अव हुने सङ्घ र प्रदेशको निर्वाचनमा युवाहरुले धेरै ठाउहरुबाट स्वतन्त्ररुपमा उम्मेदवारी दिने


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम, अव हुने सङ्घ र प्रदेशको निर्वाचनमा युवाहरुले धेरै ठाउहरुबाट स्वतन्त्ररुपमा उम्मेदवारी दिने भएका छन । अहिले आम नेपाली जनतालाई यि भ्रष्ट नैतिक पतन भएका बिदेशी दलाल बुडा खाडा ४० वर्ष देदि साशान सत्ता ओगटेर बसेकालाई त्यहा बाट कसरी हटाउने भन्ने चिन्ता रहेको छ । अव को चुनावमा जुनसुकै जात वर्णको होस, चुनावमा उम्मेदार बने पुरै जनताहरुले साथ दिने छन । 

आउँदो मंसिरको पहिलो साता संघ र प्रदेशसभाको चुनाव हुने निश्चित भएपनि मिति तोक्न भने बाँकी रहेकै भए पनि केहि ठाउमा स्वतन्त्र युवाहरुले आफनो अभियान सुरु गरिसकेका छन । 

यसअघि बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकासहित केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र वडाहरूमा समेत स्वतन्त्र उम्मेद्वारहरू विजयी भएपछि आउँदो चुनाबमा उम्मेद्वारी दिन चाहनेहरू बढिरहेका छन् । खासगरि काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा चुनाव लड्न चाहनेहरू बढिरहेका छन् । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.