Websoft University

बिधुतप्राधिकरणका कर्मचारीहरुले बिधुतको लाइन ५,५, मिन्टमा काट्तै दिदै गरेर अतिनै दुःख दिन थाले पछि जनताहरु आक्रोसित


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम, तराइका ठुला शहरहरुमा आज भोलि नेपाल बिधुतप्राधिकरणका कर्मचारीहरुले बिधुतको लाइन ५ मिन्टमा काट्तै दिदै गरेर अतिनै दु ख दिन थालेका छन । अत्यधिक गर्मी रहेको बिराटनगर, वीरगञ्जसहित, लगाएतका तराईका जिल्लामा पटकपटक बिजुली बिजुली काट्तै दिदै गर्दा यस क्षेत्रका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा  देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् । बिराटनगर, लगाएत पर्साको वीरगञ्जमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा बिधुत उपभोक्ताहरुलाइ असहज भइरहेको छ भने बिरामीको स्वास्थ्यमा समस्या देखिने त्रास बढेको छ । सामान्य हावाहुरी वा पानी पर्दा समेत बिजुली काटिने गरेको भन्दै तराइ क्षेत्रका जनताहरु अहिले सरकार र बिधुतप्राधिकर प्रति आक्रोसित भएका छन ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.