Websoft University

सुन्दरहरैंचा लिटल आइकन हुँदै


मोरङ । रातो तारा डट कम,बालबालिकाभित्र रहेको प्रतिभा विकास गर्ने उद्देश्यले मोरंगको सुन्दरहरैंचामा ‘सुन्दरहरैंचा लिटल आइकन २०२२’ आयोजना गरिएको छ ।


प्याब्सन सुन्दरहरैंचाको आयोजनामा गरिएको कार्यक्रममा ५ वटा विद्यालयका ५६ जना विद्यार्थी सहभागि रहेको संस्थाका अध्यक्ष दिपेन राईले जानकारी दिए । उनका अनुसार पहिलो अडिसन सकिएको छ भने दोस्रो अडिसन यही असार ११ गते शनिबार हुनेछ ।


रक्षा मिडिया हाउसले इभेन्टको व्यवस्थापन गरेको हो ।

बालबालिकाहरुलाई ३० दिनसम्म क्लोज क्याम्पमा राखेर विभिन्न विषयमा जानकारी तथा तालिम दिइने रक्षा मिडियाका प्रबन्ध निर्देशक भुवन राउतले जानकारी दिए ।अफिसियल कोरियोग्राफर प्रनिशा रिजाल छिन् भने पछि शिवानी दत्त र ऋतिका गुरुङले ग्रुमिङ गर्नेछन् । ग्राण्ड फिनाले भदौको  पहिलो साता गरिने रक्षा मिडियाका प्रमुख प्रबन्धक तीर्थ ढकालले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.