Websoft University

जग्गा धितो बन्धकी राख्न नपाउने सरकारको कार्यान्वयन नर्गन सर्बोच्चको आदेश


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम, जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालका लागि जग्गा धितो बन्धकी राख्न नपाउने गरी सरकारले गरेको व्यवस्था कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेसम्म पनि जग्गाको वर्गीकरण सरकारले गरी नसकेको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारलाई लिखित जवाफ पेस गर्न आदेशसमेत दिएको छ । 

बैँक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुन, कृषि वा गैरकृषि कुन जग्गा हो भनी वर्गीकरण गर्नुपर्ने भनी भूमि व्यवस्था मन्त्रालयले निर्णय गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.