Websoft University

पूर्वाञ्चल एकेडेमीका कक्षा १ का विद्यार्थीहरूलाई गरियो दिक्षित

 


शिव भट्टराई,मोरङ ।रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वार्ड नं ६ दुलारी स्थित पूर्वाञ्चल एकेडेमीले कक्षा १ मा पुगेका विद्यार्थीहरूलाई दीक्षान्त समारोह गरेको छ।

पूर्व प्राथमिक तहको पढाई सकेर कक्षा १ मा पुगेका ६२ जना विद्यार्थीहरूलाई प्रमाण पत्र सहित दिक्षित गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।शुक्रबार आयोजित दीक्षान्त समारोहमा दिक्षित विद्यार्थीहरुले नृत्य, गायन, स्पिच दिई अभिभावकहरुलाई मनोरञ्जन प्रदान गराएका थिए।


स्कूलका प्रिन्सिपल दिपेन राईका अनुसार

कक्षा १ मा पढ्न सुरु गरेको वर्षबाट औपचारिक पढाईको सुरु भएको हुँदा एक तह पार गरेकोले यस्तो कार्यक्रमले विद्यार्थीहरूको हौसला बढ्ने साथै पढाईमा रुचि बढाउने भएकाले सो कार्यक्रमको आयोजना गरेको बताएका छन्।


यस भन्दा अगाडि विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्दै आइरहेको यस स्कूलले केही दिन अगाडि विद्यार्थी र अभिभावकहरुलाई निशुल्क आँखा परिक्षण कार्यक्रम गरेको थियो। त्यसैगरी 

स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत आगामी दिनमा दाँत परिक्षण गर्ने योजना रहेको प्रिन्सिपल राईले बताए।सुविधा सम्पन्न यातायातको प्रबन्ध भएको उक्त स्कुल छोटो समयमा गुणस्तर शिक्षा  सँग सँगै खेलकुद, नृत्य ,म्युजिक कक्षा प्रदान गर्दै आएको र अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.