Websoft University

क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन ...भावपूर्ण श्रद्धान्जली -दुखद खबर

 

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

विजय थापा । रातो तारा डट कम,  डिसी महानगर क्षेत्र । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन भएको छ । उनको निधनले सबैलाई आश्चर्य तुल्याउनुको साथै नेपाली समुदायहरु स्तब्ध भएका छन ।

उनि सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता ,पूर्वपर्यटन दुत,कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एक मात्र सुपुत्री हुन् ।  उनको निधन गत बिहिबार जुन २३ ,२०२२ का दिन क्यालिफोर्निया राज्यको स्थानीय समय अनुसार करिव साँझ ६बजे भएको हो ।

२९ बर्षिय मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो ।

मनसुनको दुखद समाचार थाहा पाउन साथ आफन्त ,साथीभाई ,इष्टमित्र सबैले सामाजिक संजालमा जताततै समवेदना दिई रहेका छन् भने समवेदना आउने क्रम जारी रहेको छ ।

अकल्पनिय क्षति तथा दुखद खबरले सबै नेपालीलाई मर्महात बनाएको छ भने पिता अनिल पाण्डेलाई चिन्ने सबैले सन्देश दिई रहेका छन् । पिता अनिल पाण्डेका शुभ चिन्तक तथा नजिकका साथीभाईहरुका अनुसार स्व मनसुनले सूचना प्रविधि (आई टी)अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पलमा समेत काम गरेकी थिइन् । तर केही समय अगाडी उनले काम पनि छोडेकी थिइन् ।

उनि केही समय अगाडी युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयम कलाकार र क्यालिफोर्नियाको बे एरिया (क्षेत्र)अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिदै विभिन्न कार्यक्रममा सहभागी हुन्थिन । पिता अनिल पाण्डेले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न सन् २०११ मा आयोजना गरेको नेपाल दिवसमा समेत मनसुनले सक्रिय रुपमा भाग लिएकी थिइन् । उनका थुप्रै अङ्किय दृश्य(भिडियो)हरु पिताले सुरक्षित राखेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.