Websoft University

सुन्दरहरैंचाले गर्यो उत्कृष्ट ३ कर्मचारीलाई पुरस्कृत, प्रक्रिया नपुर्याई भर्ना भएका २ दर्जन कर्मचारी ‘बर्खास्त


मोरङ । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचा नगरपालिकाले गर्यो उत्कृष्ट ३ कर्मचारीलाई पुरस्कृत, प्रक्रिया नपुर्याई भर्ना भएका २ दर्जन कर्मचारी ‘बर्खास्तमा परे ।

सुन्दरहरैंचा नगरपालिकाको दशौँ नगरसभा बिहीबार सम्पन्न भएको छ । सभामा उपप्रमुख अकली चौधरीले १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।

बजेट प्रस्तुत भइसकेपछि सो नगरसभाले विभिन्न ८ वटा निर्णय पास गरेको छ । जसमा कर्मचारीलाई पुरस्कृत गर्नेदेखि कर्मचारीलाई सेवबाट हटाउनेसम्मका निर्णय रहेका छन् ।

नगर प्रमुख केदारप्रसाद गुरागाईँले जनही ५० हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार वासुदेव सुवेदी र टीकाराम जमरकट्टेललाई दिने प्रस्ताव राखेका थिए । त्यस्तै, २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार आठौं तहका अधिकृत जीवन चापागाईँलाई दिने प्रस्ताव राखेका थिए । सो प्रस्ताव नगरसभाले पारित गरेको हो । चापागाई २६ वर्ष १ महिना १३ दिन काम गरी आजदेखि सेवानिवृत्त हुँदैछन् ।

नगरसभाले प्रक्रिया नपुर्याई भर्ना भएका करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ । सो निर्णयका कारण २ दर्जन हाराहारी कर्मचारीको करार अवधि सकिने नगरपालिका स्रोतको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.