Websoft University

चैनपुर नगरपालिकाले आव २०७९÷०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो


मोहन कुमार राई -चैनपुर । रातो तारा डट कम, संखुवासभा÷कृषि पर्यटन र व्यपार सुरक्षित समृद्ध चैनपुर नगरको आधार भन्ने मूल नाराका साथ ११ औं चैनपुर नगरसभा अधिवेशन  सम्पन्न भएको छ । 


वृद्ध समाजसेवी एवं कार्यक्रमका प्रमुख अतिथि नेत्रप्रसाद गौतमले पानसमा दिप प्रज्वलन गरेर नगर परिषदको उद्घाटन गर्नुभयो । नव निर्वाचित नगरप्रमुख कृष्ण कुमार तामाङले चैनपुर नगरपरिषदमा आ.व. २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै समृद्ध नेपाल शुखी नेपाली  नारालाई मूर्तरुप दिन नगरले कृषि, उद्योग, पर्यटनको माध्यमबाट रोजगारीको सृजना गरी आगामी १ दशकभित्र १ नंम्बर प्रदेशको नमुना नगरपालिका वनाउन दीर्घकालिन रणनीति तय गरेर नगरलाई अघि वढाउने वताउनुभयो । 

आर्थिक वर्ष २०७९÷०८० को वार्षिक अनुमानित बजेटका लागि संघ,प्रदेश र स्थानीय तहको आन्तरिक आयबाट बजेटतर्जुमाको स्रोत रहेको वताउनुहुँदै अनुमानित ६७ करोड ९७ लाख,८३ हजार ७ सय ४ रुपैया बराबरको बजेट तर्जुमा गरिने समेत नगरप्रमुख तामाङले वताउनुभयो ।  

नगरको  नीति तथा कार्यक्रमले स्थायी शान्ती, सुशासन, र  दिगो विकासका लागि  शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, सडक, सिँचाई, खानेपानी, सूचना प्रविधि, फोहरमैला व्यवस्थापन, सुरक्षा व्यवस्था, विपत व्यवस्थापन, वारुण यन्त्र सञ्चालन लगायत नगरको महत्वपूर्ण पक्षलाई प्राथमिकता दिइने वताउनुभयो । सामाजिक विकासको क्षेत्रमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई एक रुपता ल्याउन छुटै रङरोगन गरिने, नेपाल सरकाले दिँदै आएको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी वनाउन मूलुकमा महगी वढेसँगै स्थानीय सरकार चैनपुर नगरपालिकाले कक्षा वालविकास देखि कक्षा ६ सम्मका वालवालीकाहरुलाई प्रोत्साहन स्वरुप दैनिक ५ रुपैयाको दरले  नगरको आन्तरीक श्रोतबाट व्यहोर्ने गरी प्रति विद्यार्थी रु २० बराबर वनाईने नीति तथा कार्यक्रममा  व्यवस्था  गरिने नगर प्रमुख तामाङले वताउनुभयो ।

नीति तथा कार्यक्रमको सम्बोधन गर्ने क्रममा नगरको सौदर्यता वढाई पर्यटकीय स्थहरु सिद्धकाली, गुफापोखरी, तातोपानी, वालेश्वर, वानेश्वर क्षेत्र लगायत धार्मिक एवं विभिन्न जातजातीहरुको साँस्कृतिक पर्वहरुलाई कार्यक्रममा संयोजन गरिने  सम्बोधन गरिनेछ  । नीति तथा कार्यक्रममा ९० वर्ष माथिका दीर्घ रोगीका वृद्ध–वृद्धाहरुलाई उपचार खर्च ५ हजार सम्म नगरले सहुलियत दिने वताउनुभयो । 

नगरक्षेत्र भित्र रहेका  सबै नागरिकको फुसको छाना हटाई रंगिन जस्ता पाता मापदण्डको आधारमा  व्यवस्था गरिने, यसैगरी चैनपुर नगरपालिका क्षेत्र वडा नं. ७ मा रहेको  वन्दी गृहको लागि छुट्याइएको जग्गालाई संखुवासभा जिल्ला कारागर कार्यालयलाई जग्गा हस्तान्तरण गरी  सो ठाँउमा वन्दी गृह निर्माण गर्नका लागि  नीति तथा कार्यक्रममा समावेश गरिने वताउदै नगरलाई भ्रष्टाचारमा सून्य सहनशिलता जोड दिइदै  प्रविधि मैत्री  तथा पेपर लेस नगरपालिका वनाउन नीति तथा कार्यक्रमले समेटेको छ ।  

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा  जिल्ला समन्वय समितिका उप प्रमुख वविता खत्री अधिकारीले  निर्वाचित जनप्रतिनिधहरुलाई जनताको सेवक भएर अघि बढ्न सझाउनुहुँदै नगर परिषदको सफलताको कामना गर्नुभयो । 

कार्यक्रम चैनपुर नगपालिका पूर्व नगरप्रमुख भरत कुमार खत्रीले कृषि पर्यटन र व्यपार सुरक्षित समृद्ध चैनपुर नगरको आधार भन्ने नारालाई आफ्नो कार्यकालमा नारालाई शुरुवात गरेको वताउँदै यसलाई मूर्तरुप दिन निर्वाचित स्थानीय सरकारले ठोस योजना नीति तथा कार्यक्रमका साथ अघि बढ्न सुझाव दिँदै घुमाउरो भाषामा कर्मचारी तन्त्रले आफ्नो स्वार्थ पुरा गर्न केही अल्झनका साथ अस्पस्ट नीति तथा कार्यक्रमका वाक्यंश राखी नीति तथा कार्यक्रमलाई प्रभावित पारेको आरोप लगाए  ।

यसै गरी उद्घाटन सत्रलाइ सम्बोधन गर्ने क्रममा पूर्व नगर उप प्रमुख मुना श्रेष्ठले जनताका अधिकारहरुलाई सुनिश्चित गर्न जनप्रतिनिधहरु सेवक बनेर अघि बढ्नु पर्ने वताउँदै विगत वर्षहरुमा सञ्चालन गरिएको नगरका उपमेयरसँग गर्भवती तथा सुत्केरी भेटकार्यक्रमलाई थप प्रभाकारी वनाउन नीति तथा कार्यक्रमा प्रस्ट खुलाउन अग्रह गर्नुभयो । 

कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेस पाटी प्रतिनिधि एवं नदलहरुको तर्फबाट नेपाली नेकपा एमालेका पाटी प्रतिनिधि गरका मेयरका प्रत्यासी रहेका ज्ञान बहादुर कार्कीले नगरपरिषदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरको गौरबको आयोजनाहरु मध्ये चैनपुर वृहत खानेपानी आयोजनलाई नीति तथा कार्यक्रममा समेटेकोमा धन्यवाद दिँदै नगरको गौरबको आयोजन शुत्रवारे यरर्पोटलाई कार्यक्रमा समावेश गर्न सझाव दिनुभयो । 

यसै गरी नेकपा एमालेका पाटी प्रतिनिधि आषिश शाक्यले नगर परिषदको उद्घाटन सत्रका नीति तथा कार्यक्रममा समेटिएका विषयहरुलाई प्रस्ट्याउने क्रममा शैक्षिक क्षेत्रका अगुवा संस्था संखुवासभा क्याम्पसलाई नीति तथा कार्यक्रममा समावेश गर्न अग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका पाटी प्रतिनिधि डम्बर अधिकारीले वेपत्ता तथा अपाङ नागरिकको पक्षमा नीति तथा कार्यक्रममा नसमेटिएको वताउनुभयो । यसैगरी एकिकृत समाजवादी पार्टीका पार्टी प्रतिनिधि बाबुराम कँडेलले नगरको वृहत्तर विकासका लागि नगरका सबै राजनीतिक दहरु एकजुट भएर अघि बढ्न सके मात्र समग्र नगरको विकास हुने वताउनुभयो । 

कार्यक्रममा पूर्व वानेश्वर गाविस अध्यक्ष तथा भूमि आयोग संखुवासभाका पूर्व अध्यक्ष वीरेन्द्र खत्रीले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै यसलाई थप व्यवहारीक वनाउन नगर क्षेत्रका बालबालिकाहरुलाई प्रविधि मैत्री शिक्षाका माध्यवाट उत्पादन सँग जोडन सकिने वताउनुभयो । 

यसैगरी नगर अधिवेशन उदघाटन सत्रमा सरकारी कार्यालयहरुको तर्फबाट सशसस्त्र प्रहरी ४ नं.गुल्मका गुल्मपति विशाल सिलवालले नीति तथा कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । यसैगरी संखुवासभा बहुमुखी क्यामपसका क्याम्पस प्रमुख चुडाबहादुर कटुवालले नगरको एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारी साधन रिर्जभ नै गर्नुपर्ने हुँदा यातायातमा महगो भाडा तिर्न नागरिक वाध्य भइरहेको अवस्थामा नगर क्षत्रभरी उच्च शिक्षा हासिल गर्न नगरको दुर्गम क्षेत्रमा विद्यार्थीेलाई लक्षित गदै  नगरबस सञ्चालनमा ल्याउन जोड दिनुभयो ।

 नगर परिषदको उद्घाटन सत्रको शुभकामना दिने क्रममा सामुदायीक विद्यालयको तर्फबाट सरस्वती माविका प्रअ गोविन्दमान तामाङले नगरको समग्र शैक्षिक क्षेत्रलाई सुधार गर्न प्रविधिमैत्री शिक्षामा जोड दिँदै थप प्राविधिक विद्यालयहरु स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व खराङ गाविस अध्यक्ष मिन बहादर दाहालले कोरा विकास निर्माणको कुरा गर्नु भन्दा भौतिकवाद र आध्यात्मिकवादलाई पच्छ्याउन समयले चुनौति दिएको वताउनुभयो । 

कार्यक्रममा समाज स्पर्श समितिका अध्यक्ष भोलाभिषण यम्बाले परिषदको शुभकामना दिँदै चैनपुर नगरलाई समृद्ध वनाउन ठोस नीति तथा कार्यक्रमका साथ अघि बढ्न सुझाव दिनुभयो । उसो त उद्घाटन सत्रलाई सम्बोधन गर्दै पर्व जनप्रतिनिधिहरुको तर्फबाट चैनपुर नगरपालिका वडा न.. ७ का पूर्व वडाध्यक्ष पदम बहादुर तामाङले नीति तथा कार्यक्रममा आएको वाक्यंशलाई मूर्त रुप दिन आफ्नो कार्यकालको स्मरण गराउँदै सचेत भएर लक्षीत वर्गको पहिचान गरी कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो । 

उद्घाटन सत्रमा उपस्थित महानुभावहरुलाई स्वागत गर्ने क्रममा नगर उप प्रमुख एलिन श्रेष्ठले नगरको समग्र विकासलाई अगाडी बढाउन नगरपालिका प्रतिवद्ध भएर अघि बढ्ने वताउनुभयो । सो नगर सभाको उद्घान कार्यक्रम सञ्चालन चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकालले गर्नुभएको नगरपालिका कर्मचारी महेश गौतमले वताए ।   



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.