Websoft University

सुन्दरहरैँचा लिटल आइकनको दोश्रो अडिसन विराटचोकमा सम्पन्न ।


सुन्दरहरैँचा । रातो तारा डट कम,प्याब्सन सुन्दरहरैँचाको आयोजनामा सुन्दरहरैँचा लिटल आइकन २०२२ को आयोजना हुने भएको छ । नगर क्षेत्रभित्रका बालबालिकामा लुकेर रहेका प्रतिभाहरुलाई खोजी गरि उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

गत शनिबार भएको पहिलो अडिसनमा ५ वटा विद्यालयका ५६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए भने आज भएको दोश्रो अडिसनमा ४५ जना विद्याथीहरुले सहभागिता जनाएको ज्ञानज्योति बोर्डिङ्ग स्कुलका सञ्चालक देवी सिटौलाले बताउनुभयो ।

त्यस्तै शिक्षिकाको तर्फबाट सर्मिला चापागाईं दाहालले विद्यार्थीहरुलाई पढाईको अलावा खेलकुद, कला सहित मनोरञ्जनात्मक तरिकाबाट शिक्षा प्रदान गरियो भने मात्र देशमा बहुमुखी प्रतिभाको जन्म हुने बताउनुभयो ।


तीन वटा अडिसनबाट ६० जना विद्यार्थीहरु छनौट गरि नेतृत्व विकास तथा क्षमता विकास, उद्घोषण, कला तालिम, समय व्यवस्थापन, सकारात्मक सोच, उत्प्रेरणा तथा आत्मविस्वास, शारीरिक सुसंगठन, स्वास्थ्य सचेतना अभियान, ट्राफिक सचेतना अभियान समय सापेक्ष जल्दा बल्दा प्रसंग माथि अवगत गराई सचेत नागरिक हुनुको कर्तव्य निवारण गराइने जनाइएको छ । तीन हप्तासम्म चल्ने यस तालिमबाट अन्तिम प्रतिस्पर्धाका विजेता तथा उपविजेताले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । 


कार्यक्रममा सहभागी विद्यार्थी अनिसा घिमिरेले पढाईसँगै आफूसँग भएको क्षमतालाई निर्धक्क भई अगाडी बढ्न अडिसनमा भाग लिन आएको बताउनु भयो । त्यसैगरि किताबी ज्ञानले मात्र शिक्षा हासिल हुँदैन अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्छ भन्ने अन्य सहभागी विद्यार्थीहरुले बताउनुभएको छ । त्यस्तै अभिभावकको तर्फबाट बोल्दै नगेन्द्र कटुवालले आफ्ना छोराछोरीहरुलाई पढाई सँगसंगै उनीहरुसँग भएको क्षमता र प्रतिभा आफ्नै ठाउँमा यस्ता खालका कार्यक्रमहरुको आयोजना गरेकोमा प्याब्सन सुन्दरहरैँचालाई धन्यवाद दिनुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै रक्षा मिडियाका प्रवन्ध निर्देशक भुवन राउतले सुन्दरहरैँचा नगरपालिकामा रहेका ३२ वटा स्कुलका विद्यार्थीहरुमा लुकेर रहेको क्षमताको खोजी गरि उनीहरुको प्रतिभालाई स्थान दिने बताउनुभयो । विद्यार्थीहरुको चौतर्फी विकासको लागि, आत्मबल बढाउने, सामाजिक संस्कार लगायत हरेक कुरालाई सकारात्मक बाटोमा लान मद्दत पु¥याउने बताउनुभयो । छनौटमा परेका विद्यार्थीलाई ३० दिन सम्म विद्यालय समय सकिएपछि २ घण्टा तालिम प्रदान गरिने र विद्यार्थीहरुले सिकेको क्रियाकलापलाई समाजमा देखाउन अभियानका साथ लागि परेको जानकारी दिनुभयो । त्यस्तै सबै निर्णायक मण्डलको तर्फबाट बोल्दै अल्का सुवेदीले नगरभित्र प्रतिभा लुकेका धेरै बालबालिकाहरु रहेको र उनिहरु भित्र रहेको क्षमतालाई विकास गर्दै लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.