Websoft University

सामुदायिक विकास समाज विराटनगर संस्थाको २५ औं वार्षिक कार्यक्र


बिराटनगर ।रातो तारा डट कम,सामुदायिक विकास समाज विराटनगर स्थापनाको २४ वर्ष पूरा भई २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाको संस्थागत विकास र संस्थाले सहजीकरण गरेका कार्यक्रमहरु सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक तथा सहयोगीहरुप्रति र्हार्दक आभार व्यक्त गर्दछौं । 

यसै वर्ष सम्पन्न संस्थाको २४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले रनिर्दिष्ट गरेका जिम्मेवारीलाई आत्मसाथ गर्दै संस्थाको बैठकले वार्षिक कार्यक्रम तय गरेको छ । 

जस अन्तर्गत, संस्थाको २५ वर्षे यात्राका मुख्य क्रियाकलाप र उपलब्धीलाई समेटेर स्मारिक प्रकाशन गर्ने निर्णय गरिएको छ । प्रकाशन समन्वय समितिका संयोजकमा संस्थाका सचिव विपुलेन्द्र झा र सदस्यहरुमा नवदुर्गा खड्का, उषा कार्की, सेविका चौधरी र हिरा पाण्डे रहनुभएको छ । 
संस्थाले सामाजिक विकासका क्रियाकलापलाई निरन्रतता दिनका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ, जसका लागि अध्यक्ष गंगाप्रसाद यादवको संयोजकत्वमा विपुलेन्द्र झा, लक्ष्मी निरौला, जुगलकिशोर राठी र सरस्वती कार्की सदस्य रहनुभएको समिति गठन गठन गरिएको छ । 
संस्थाको जग्गा रहेको स्थान ग्रामथान गाउँपालिका, वडा नं. १ खापटोलमा कार्यालय भवन निर्माणका लागि संस्थाका सल्लाहकार जुगलकिशोर राठीको संयोजकत्वमा लक्ष्मी निरौला, भावना प्रसाईं, विमला वस्ती र सुमित्रा चौधरी सदस्य रहनुभएको समिति गठन गरिएको छ । 
संस्थाको विधान २०५५ (संशोधन २०६८) को परिच्छेद २, दफा ५ (४) बमोजिम सामाजिक रुपमा जोखिममा रहेका, पीडित, सुरक्षित आश्रय आवश्यक पर्ने ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुको कल्याणका लागि संस्थाको जग्गा भएको स्थान ग्रामथान गाउँपालिका, वडा नं. १, खापटोलमा मानव कल्याण आश्रम निर्माण गर्नका लागि उपाध्यक्ष पार्वती प्रधानको संयोजकत्वमा समिति गठन गरिएको छ, जसका सदस्यहरुमा डा. अनुप कुमार यादव, शत्रुघनचन्द्र पौडेल, भवनाथ कोइराला र कोपिला शंकर रहनुभएको छ । 
संस्थाको छैठौं अधिवेशन तथा २४ औं वार्षिक साधारण सभाको निर्णय बमोजिम स्थानीय सरकार सवलीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यसमितिको बैठकले गरेको छ । जस अन्तर्गत विभिन्न स्थानीय सरकारसँग विषयगत योजना निर्माण, आवश्यक स्थानीय कानुन तथा ऐनहरुको निर्माण, क्षमता विकास योजना तयारी, आयआर्जन, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन लगायतका क्रियाकलाप सञ्चालन गरी नागरिकका संवैधानिक हक सुनिश्चितताका लागि सहयोग गरिन्छ । स्थानीय सरकार सवलीकरण कार्यक्रमका लागि संस्थाका सामाजिक विकास सल्लाहकार शत्रुघनचन्द्र पौडेलको संयोजकत्वमा विनोदप्रसाद शर्मा, विपुलेन्द्र झा, भवनाथ कोइराला, नवदुर्गा खड्का, गीतादेवी गुरागाईं र उषा कार्की सदस्य रहनुभएको समिति गठन गरिएको छ । 
संस्था स्थापनाको रजत वर्षको अवसरमा “रजत वर्ष समारोह तथा सम्मान” आयोजना गर्नका लागि संस्थाका अध्यक्ष गंगाप्रसाद यादव संयोजक र सचिव विपुलेन्द्र झा सदस्यसचिव रहनुभएको मूल समारोह समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा पार्वती प्रधान, लक्ष्मी निरौला, भवनाथ कोइराला, पूजन दाहाल, विमला वस्ती, भगवती गुरागाईं, कमला लिम्बू, दुर्गादेवी श्रेष्ठ, भीममाया आचार्य, जंगशेर लिम्बू, रोजी लुइँटेल, शत्रुघनचन्द्र पौडेल र विनोद शर्मा रहनुभएको छ । 
रजत वर्ष मूल समारोहमा विकास पत्रकारितामा क्रियाशील दुई सञ्चारकर्मी र दुई सञ्चार गृहलाई सम्मान गर्ने निर्णय गरिएको छ । सोही अवसरमा दिगो कृषि विकासका लागि संस्थागत योगदान दिने चार जना, संस्थाको संस्थागत विकासका लागि प्राविधिक सहयोग गर्ने १ जना, सामाजिक सेवामा समर्पित ३ जना र संस्थाका विज्ञ सहयोगी २ जनालाई समेत सम्मान गर्ने जनाइएको छ । सम्मानित हुने सञ्चारकर्मी र सञ्चारगृह छनौटका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखासँग सहकार्य गरिने छ । 
संस्थाले वार्षिकोत्सवको अवसरमा आषाढ १० गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । यसैगरी, विभिन्न स्थानीय तह, संघसंस्था, निकायसँगको समन्वयमा आदिवासी जनजाति, दलित, विपन्न, महिला लक्षित मासिक स्वास्थ्य क्लिनिक र सिलाइ कटाइ तालिम सञ्चालन गर्ने निर्णय समेत संस्थाले गरेको छ । सोही अवसरमा वातावरण संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न रणनीतिक स्थानमा वृक्षारोपण गर्ने निर्णय समेत संस्थाको बैठकले गरेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.