Websoft University

श्रीलङ्काको सरकारले गोलि हान्ने दियो आदेश



काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम, श्रीलङ्काको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउने प्रदर्शनकारीलाई तत्काल गोली हान्न आदेश दिएको छ । मन्त्रालयले सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउन चाहने वा कसैको ज्यानलाई खतरा गराउने व्यक्तिलाई तत्काल गोली हान्न आदेश दिएको छ ।  आर्थिक सङ्कटसँग जुँधिरहेका श्रीलङ्कामा विरोध प्रदर्शन हिंसक बन्दै गएको र स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । श्रीलङ्काको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथले सुरक्षा बललाई सार्वजनिक सम्पत्ति लुट्ने वा ज्यानलाई खतरा गराउन सक्ने व्यक्तिलाई गोली हान्न आदेश दिएको बताउनुभयो । हिजो मात्रै श्रीलङ्कामा सत्तामा रहेका दलका नेता र सांसदहरू तथा दुई दिन अघि राष्ट्रपतिको घरमा आगजनि गरेको थियो । बीबीसीले लेखे अनुसार श्रीलङ्काका अधिकांश क्षेत्रमा प्रदर्शन भइरहेको छ भने देशव्यापी कफ्र्यू लागू गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.