Websoft University

१ नं। प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन


झापा, २०७९ बैशाख २९ गते । रातो तारा डट कम,१ नं। प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा। राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गा।पा। र हल्दीवारी गा।पा। एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्र।ना।म।नि। अरुण कुमार बि।सी।, स।प्र।ना।म।नि। कमल गिरी, राष्ट्रिय अनुसन्धान का अनुसन्धान निर्देशक, नेपाली सेना २ नं। बाहिनी ईटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सगै जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवज्यूले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ९आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.