Websoft University

संवेदनशील स्थानमा १९ वटा उच्चस्तरीय टोली परिचालन–भोलि निर्वाचन हुदै छ ।


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम, भोलि हुने स्थानीय तहको निर्वाचन मतदान केन्द्रहरु बनाउने कार्य भरे बेलुका सम्ममा सबै ठाउमा सकिने छभने आयोगले मतदाता परिचयपत्र वितरण गर्ने काम गरिरहेको छ । 

मध्यराति १२ बजेदेखि मौन अवधि लागू भए पनि टासिएका उम्मेदवार प्रर्चा पोष्टर राजनैतिक पाटीहरुले सबै ठाउमा हटाएका छैनन् । उम्मेदवार र राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसार बन्द गरेका छन् । 

मौन अवधिको समयमा कुनैपनि किसिमका आचारसंहिता उल्लङ्घन नहोस् भनेर आयोगले टोली खटाएको छ । मौन अवधिको समयमा आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले आयोगले विभिन्न संवेदनशील स्थानमा १९ वटा उच्चस्तरीय टोली परिचालन गरेको बताएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा उम्मेदवार र दलहरूले कुनै किसिमको चुनावी गतिविधि गरेमा कारबाही हुने बताउनुभएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका २०५ वटा विभिन्न क्रियाकलाप भएको आयोगले जनाएको छ । तीमध्ये ५३ वटामा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । स्थानिय तहको निर्वाचन भोलि बैशाख ३० गते हुदैछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.