Websoft University

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने


विराटनगर जेठ ११ गते । रातो तारा डट कम, विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । 

कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । राप्रपा मोरङ अध्यक्ष माधव आचार्यले विराटनगरको विकासका लागि कोइरालालाई समर्थनसँगै सहयोग गर्ने बताए । “अब पाँच वर्षसम्मै राप्रपा मेयर नागेश कोइरालाको पक्षमा उभिन्छ,” अध्यक्ष आचार्यले भने, “विरोध र असहयोगले भन्दा आपसी सहकार्य र एकताले मात्रै विराटनगरको विकास सम्भव छ । त्यसैले पाँच वर्षसम्म नै हाम्रो पार्टीको समर्थन कोइरालालाई रहनेछ ।” राप्रपाको समर्थन र सहयोग आफूमा काम गर्ने थप ऊर्जा प्राप्त भएको मेयर कोइरालाले प्रतिक्रिया दिए । उनले भने, “हामी विराटनगर बनाउन आएका हौं, विराटनगरको विकासका सन्दर्भमा हामी सबैको एउटै एजेण्डा हुनुपर्छ । मलाई समर्थन गरेकोमा राप्रपालाई धन्यवाद ज्ञापन गर्छु ।”  

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाले विराटनगर–१ जितेको छ । विराटनगरका १९ वटामध्ये एमालेले ९, कांग्रेस ६, जसपाले २, स्वतन्त्र र राप्रपाले १–१ वडा जितेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.