Websoft University

कांग्रेसका राजेशचन्द्र श्रेष्ठ उदयपुरको कटारी नगरपालिकाको मेयरमा निर्वाचित


श्याम राई,उदयपुर  गाईघाट, ११ जेष्ठ गते। रातो तारा डट कम, दुई दलको गठबन्धन उम्मेदबार कांग्रेसका राजेशचन्द्र श्रेष्ठ उदयपुरको कटारी नगरपालिकाको मेयरमा निर्वाचित भएकाछन् ।

युवा व्यावसायी श्रेष्ठले नेकपा ( माओवादी केन्द्र ) बाट विद्रोहीगरि चुनावी मैदानमा उत्रिएका कृष्ण प्रसाद बराललाई ४ सय ६५ मतान्तरले हराउँदै प्रमुख पदमा विजयी भएका हुन् । श्रेष्ठले ६ हजार ४ सय १७ मत मत ल्याउँदा बरालले ५ हजार ९ सय ५२ मत प्राप्त गरे ।

कटारी नपामा मेयर कांग्रेस र उप–मेयर माओवादी केन्द्रको भागमा परेको थियो । अन्तिम ५ सय मत गणना भैरहदा नेपाली कांग्रेस र नेकपा ( एमाले ) बिच तिब्र प्रतिस्पर्धा भैरहेको थियो । एमालेबाट उम्मेदबार बनेका निर्वतमान प्रमुख काजी श्रेष्ठलाई उछिन्दै बराल कांग्रेससँग प्रतिस्पर्धामा आएका थिए ।

उप–मेयरमा नेकपा ( एमाले ) की गिता खड्का विजयी भएकी छिन् । उनले माओवादी केन्द्रका उम्मेदबार विनोद कटुवाललाई २ हजार ५ सय ९२ मतान्तरले हराएकी छिन् । खड्काले छ हजार ४ सय १३ मत ल्याउँदा कटुवालले ३ हजार ८ सय २१ मत ल्याएकाछन् ।

१४ वडा रहेको कटारीमा १,५,६,१०,११,१३ र १४ वडागरि ७ वटा वडामा बडाअध्यक्षमा नेकपा ( एमाले ) ले विजयी हासिल गरेको छ । क्रमशः पदमलाल मगर, मोहन वहादुर तामाङ्ग, प्रेम वहादुर मगर, क्षेत्र वहादुर खड्का, अनन्त हामु, शुम्भु श्रेष्ठ र अम्बर वहादुर मगर निर्वाचित भएकाछन् । वडा न. ४ र ८ बाट स्वतन्त्र उम्मेदबार क्रमश भुपेन्द्र सिंह तामाङ्ग र नविन्द्र कुमार तामाङ्ग

विजयी भएको निर्वाचन अधिकृत राजकुमार राउतले बताए ।

त्यसैगरि २, ३ र ७ का वडाअध्यक्षमा क्रमशः कांग्रेसका प्रेम वहदुर क्षेत्री, पुष्कर खड्का र सुविन ढुंगाना निर्वाचित भएकाछन् । नेकपा (एकिकृत समाजवादीका बेग वहादुर आले मगर वडा न. ९ को वडाअध्यक्षमा र वडा न. १२ को वडाअध्यक्षमा यम्बर वहादुर कटुवाल निर्वाचित भएकाछन् ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.