Websoft University

सुन्दरहरैंचामा शान्तिपूर्ण मतदान कार्य सम्पन्न


सामना भट्टराई,मोरङ बैशाख ३० गते । रसतो तारा डट कम, स्थानीय तहको निर्वाचन अन्तर्गत आज सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ। मतदाता शान्तिपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।त्यसैगरी बिहान सुन्दरहरैंचा ७ काे पञ्चायत मावि मतदान केन्द्रमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा पहिलाे मतदान गरेर मतदान कार्य सुरु गरिएको थियो।


मतदानमा ज्येष्ठ नागरिक र अशक्तले सक्रियतापूर्वक सहभागिता जनाएका छन्। सफा र शीतल मौसम भएकाले मतदानस्थलमा उपस्थित भएका मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन सहज भएको छ। यस्तै मतदान कार्य सम्पन्न भएको वार्डबाट मतपेटिका मतगणनाको लागि नगरपालिकाको निर्वाचन आयोगमा लगिने कार्य धमाधम भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.