Websoft University

मेयरका उम्मेदवार कोइरालाद्वारा मतदातालाई धन्यवाद ज्ञापन


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाका लागि मेयरका उम्मेदवार नागेश कोइरालालेमतदातालाईधन्यवाद दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उम्मेदवार कोइरालाले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका हुन् । कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, “लोकतन्त्रको उच्चतम नमुना निर्वाचन हो । यस निर्वाचनले लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्न निकै मद्दत गरेको मैले महसुस गरेको छु । निर्वाचनमा सहभागी भएर मतदान गर्नुहुने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पार्टीका नेता, कार्यकर्तालगायत सम्पूर्णमा हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु ।” कोइरालाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई बलियो बनाएको समेत बनाएका छन् । 

यसैबीच, मेयरका उम्मेदवार कोइरालाले शुक्रबार बिहान विराटनगर–९ ठाकुरवाडी रोडस्थित सरस्वती मावि परिसरमा अवस्थित मतदान केन्द्रमा पुगेर मतदान गरे । मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले आफ्नो जित निश्चित भएको बताए । मतदानमा विराटनगरवासीको उत्साहजनक उपस्थितिले आफू निकै उत्साहित भएको उनको प्रतिक्रिया थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.